काठमाडौँ– यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रुपमा अमेरिकी अर्थशास्त्री विलियम नोर्डहाउस र पल रोमरलाई दिइने भएको छ ।


ADVERTISEMENT


आर्थिक वृद्धिमा दीर्घकालीन रुपमा प्रभाव पार्ने तत्वका बारेमा गरेको नयाँ विश्लेषणका लागि अर्थशास्त्रीद्वयलाई नोबेल पुरस्कार दिइएको हो ।


ADVERTISEMENT

# # #


रोयल स्विडिस एकेडेमीले नोर्डहाउसलाई जलवायु परिवर्तनको विषयवस्तु पनि बृहत् अर्थशास्त्रमा समावेश गरेको भन्दै नोबेल पुरस्कार प्रदान गरिएको हो । नोर्डहाउसले जलवायु परिवर्तनले गर्दा अर्थतन्त्रमा कसरी प्रभाव पार्छ भनेर अध्ययन गरेका थिए ।

नोर्डहाउस अमेरिकाको सुप्रसिद्ध येले विश्वविद्यालयसँग आबद्ध छन् । यस्तै, पल रोमरले भने प्रविधि विकास तथा खोज बृहत् अर्थशास्त्रमा समावेश गरेबापत नोबेल पुरस्कार पाएका हुन् ।

न्यूयोर्क विश्वविद्यालयको स्कुल अफ बिजनेसमा आबद्ध पल रोमरलाई प्रविधिगत नवीनतालाई समष्टीगत अर्थशास्त्रसँग जोडेर अध्ययन गरेबापत पुरस्कार दिइएको हो ।

जलवायु परिवर्तनको बाबजुद दुवैको खोज तथा अनुसन्धानले आर्थिक वृद्धिको विकासमा जोड दिएकाले उनीहरुलाई नोबेल पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणासँगै यस वर्षको नोबेल पुरस्कार घोषणा सकिएको छ ।