काठमाडौँ– आगामी कार्तिक ९ गतेदेखि सुन्दर नगरी पोखरामा सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल)का लागि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले मान्यता दिएको छ ।


ADVERTISEMENT


उक्त मान्यतासंगै प्रतियोगितामा सहभागी टोलीले विदेशी खेलाडी ल्याउने बाटो खुलेको छ । प्रतियोगितामा बिरानगर टाईटन्स, चितवन राईनोस्, काठमाण्डौँ रोयल्स, पोखरा पल्टन, बुटवल ब्लास्टर र एक्स्पट धनगडी ब्लूज सहभागी हुनेछन् ।


ADVERTISEMENT

# # #


बिरानगरबाट सन्दिप लामिछाने, चितवन राईनोजका लागि पारस खड्का, काठमाण्डौँ रोयल्सबाट जानेन्द्र मल्ल, पोखरा पल्टनबाट सरद भेष्वाकार, बुटवल ब्लास्टरबाट सोमपाल कामी र एक्स्पट धनगडी ब्लुजबाट दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी घोषित भएका छन् ।