काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा ३२ वर्षे उमेरहद कायमै राखिएको छ । आइतबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले ३२ वर्षे उमेरहद कायम नै रहने निर्णय गरेको हो ।


ADVERTISEMENT


विद्यार्थी नेताहरुको माग अनुसार बैठकमा ३२ वर्षे उमेरहद हटाउन प्रस्ताव गरे पनि पार्टी नेतृत्वले पहिलेकै व्यवस्थाअनुसार ३२ वर्षे उमेरहद कायम नै रहने निर्णय गरेको हो । अब पनि ३२ वर्ष कटेका कुनै पनि नेताले नेविसंघको महाधिवेशनमा प्रतिस्पर्धा गर्न पाउने छैनन् । ३२ वर्षे उमेरहद लगाउने वा नलगाउने भन्नेमा नेताहरूबीच विवाद हुदाँ मध्यरातसम्म छलफल लम्बिएको थियो ।


ADVERTISEMENT

# # #


विद्यार्थी नेताहरुले ३२ वर्षे उमेरहद हटाउन माग गर्दै आएका थिए । ३२ वर्षे उमेर हद हटाउन माग गर्दै आइतबार बिहान पार्टीका शीर्ष नेताहरुलाई विद्यार्थी नेताहरुले ज्ञापनपत्र समेत बुझाएका थिए ।