सल्यान– सल्यानमा एक गाउँपालिकाले विमानस्थल निर्माणसम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले पत्रकार सम्मेलनमार्फत छत्रेश्वरी गाउँपालिकास्थित लेखपोखराको डाँडामा प्रस्ताव गरिएको छत्रेश्वरी विमानस्थल सम्भावित अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


कुल रु ८१ करोडमा लागत अनुमान गरिएको प्रस्तावित विमानस्थल निर्माणका लागि धावनमार्गका लागि चाहिने ६३० मिटर उपलब्ध रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । भूवनावटको हिसाबले जमीन उपयुक्त रहेको तथा धावनमार्गका लागि समेत जमीन उपलब्ध रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


ADVERTISEMENT

# # #


सल्यान र रोल्पा जिल्लाका पश्चिमी भेगका करीब तीन लाख ५० हजार जनसङ्ख्यालाई लक्षित गरी अध्ययन थालिएको विमानस्थलमा १९ सिट क्षमताका ट्वीनटर विमान अवतरण गर्न सक्नेछन् । विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनले उपयुक्त देखाएकाले अब विमानस्थल निर्माणको कार्य अगाडि बढाइने छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले जनाकारी दिए । “सम्भाव्यता अध्ययनबाट विमानस्थल निर्माणका लागि छनौट गरिएको स्थान उपयुक्त देखिएको छ । अब छिट्टै निर्माणको कार्य अगाडि बढाइनेछ”, अध्यक्ष केसीले भने ।

विमानस्थल निर्माणका लागि गाउँपालिका लागि ठूलो रकम भए पनि यसका लागि सङ्घीय सरकार तथा प्रदेश सरकारलाई अनुरोध गर्ने जानकारी दिए । “हाम्रो भन्दा कमजोर र सानो जमीन भएका स्थानमा विमानस्थल निर्माण भएका छन्, शुरुमा सुन्दा धरैलाई अपत्यारिलो लाग्न सक्छ तर सबैको सहकार्य सहयोगले यो सम्भव बनाउँछु,”अध्यक्ष केसीले भने । छत्रेश्वरी गाउँपालिका–५ मा अवस्थित प्रस्तावित छत्रेश्वरी विमानस्थलको अध्ययन गर्ने जिम्मा पाएको आरम्भ आर्केटेक्ट एण्ड इञ्जिजिनियर्सको टोलीले अध्ययन प्रतिवेदन सार्वजानिक गरेकोे हो ।