भिटोरिय– स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा अलाभेससँग रियल म्याड्रिड १–० ले पराजित भएको छ । इन्ज्युरी समयमा मानु गार्सियाले गरेको गोल नै अलाभेसका लागि निर्णयक गोल बन्यो ।


ADVERTISEMENT


पहिलो हाफसम्म दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफको अन्तिम समयमा रियल मड्रिड अलाभेससँग रियलले हार व्यहोर्न बाध्य भयो ।


ADVERTISEMENT

# # #


यो हारसँगै रियल अंक तालिकामा खस्केको छ भने ३३ वर्षको कीर्तिमान समेत तोडिएको छ । अलाभेसविरुद्ध खेल गोलरहित बराबरीमा खेलेसँगै रियलले लगातार ४ खेलमा जीत निकाल्न सकेको छैन । पछिल्लो खेलमा सीएसकेए मस्कोसँग १–० ले पराजित भएको रियल त्यसअघि सेभिल्लासँग ३–० ले पराजित भएको थियो । त्यसअघि म्याड्रिड डर्बीमा पनि रियलले गोल गर्न सकेको थिएन ।

स्पेनिस ला लिगा लिगमा शनिबार राति नै भएका अन्य खेलमा लेगानेसले रियल भालेकानोलाई १–० गोलले पराजित गर्दा लेभान्टेले गेटाफेलाई पनि १–० गोलले नै पराजित गरेका छन् ।