काठमाडौं– नेकपाको सचिवालय बैठक आज बस्दैछ । सरकारको काम–कारबाही र प्रदेश पदाधिकारीको चयन लाई लिएर पार्टीभित्रै असन्तुष्टि चर्किरहेका बेला नेकपा सचिवालय बैठक बस्न लागेको हो ।


ADVERTISEMENT


पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा रहेका बेला बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी तोकेपछि खासगरी नेपाल समूहले यसमा चर्को असन्तुष्टि जायर गर्दै आइरहेका छन् । उनले छलफलविपरीत प्रदेश कमिटीको जिम्मेवारी तोकिएको भन्दै नोट अफ डिसेन्ट नै दर्ज गराएका छन् ।


ADVERTISEMENT

# # #


आइतबार अपराह्न ४ बजे बस्ने नेकपाको बैठक यही विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारको काम–कारबाहीलाई लिएरसमेत नेकपामा पछिल्लो समय असन्तुष्टि चुलिएको छ । शीर्ष नेताहरुले नै यसबारे सार्वजनिक रुपमै असन्तोष व्यक्त गरिरहेका छन् । नेताहरुका अनुसार आज बस्ने सचिवालय बैठकमा यसबारे पनि छलफल हुनेछ ।