काठमाडौं– गायक डेबिट शंकरको ‘सलल बगेको पानी’ बोलको नयाँ गीत सार्वजजिक भएको छ । “छक्का पञ्जा ३” को हिट गीत पहिलो नंम्बरमा पछि उनको नयाँ गीत सलल बगेको पानी युट्युबमा रिलिज भएको हो ।


ADVERTISEMENT


पहिलो नंम्बर बोलको गीतबाट चर्चित बनेका गायक डेबिटको नयाँ गीतमा दिपक शर्माले संगीत भरेका छन् भने एरेन्ज उदयराज पौडेलको छ । यसअघि गायक डेबिटले आजाव दिएको “पञ्जेबाजा” फिल्मको ‘घिनघिन मादल’ बोलको गीत पनि हिट भएको थियो । रिलिज भएको नयाँ गीतमा भने सुमन बैरागीको शब्द रहेको छ भने गायिका सहिमा श्रेष्ठका स्वर रहेको छ ।


ADVERTISEMENT

# # #


नृत्य निर्देशक कविराज गहतराजको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई राजु अधिकारीले निर्देशन गरेका छन् । सुदीप बरालले छायांकन गरेको भिडियोमा चर्चित नायिका जस्मिन श्रेष्ठ र चर्चित नायक विनोद न्यौपानेले अभिनय गरेका छन् ।