एजेन्सी– भारतले रुससँग शक्तिशाली विमानभेदक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली किन्ने सहमतिमा हस्ताक्षर गरेको छ। शुक्रवार दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पाँच अर्ब डलरको सम्झौता भएको घोषणा गरेका हुन् ।


ADVERTISEMENT


एस–४००लाई उन्नत विमानभेदक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली मानिन्छ । यसले ४०० किलोमिटर परसम्म एकैचोटि ८० वटा निशानामा मार हान्न सक्छ ।


ADVERTISEMENT

# # #


भारतको छिमेकी देश चीनसँग पनि यस्तै खाले प्रतिरक्षा प्रणाली रहेको छ । भारत र चीनबीच सन् १९६२ मा एउटा युद्ध भएको थियो र उनीहरूबीच सीमा विवाद पनि छ ।

पाकिस्तान र चीनसँगको सम्भावित लडाइँबारे विचार गरेर भारतका लागि आफ्नो सुरक्षा क्षमता बढाउन आवश्यक भएको विश्लेषकहरू बताउँछन् । सुरक्षाविज्ञ राजीव नयन भारतले एउटा गुणात्मक जोखिम लिनुपर्ने ठान्दछन्। उनले भनेका छन्, “भारतले आफ्नो रणनीतिक हितको खोजी गर्न आवश्यक छ । उसका लागि अहिले सो प्रतिरक्षा प्रणाली आवश्यक थियो । अमेरिकाले त्यस्तो सहमति गरे प्रतिबन्धहरू लाग्न सक्ने भने पनि दिल्ली दबावमा परेको देखिँदैन ।”

एस–४०० क्षेप्यास्त्र रुसको सिरियास्थित आधार शिविरमा विकसित गरिएको हो । सन् २०१७ मा आर्थिक र राजनीतिक प्रतिबन्धहरू लगाउने उद्देश्यसहित रुस, इरान र उत्तर कोरियालाई लक्षित गरेर अमेरिकाले एउटा कानुन नै बनाएको थियो । बिबिसी