काठमाडौँ – सत्ताको बलमिच्याई र सहकारी ठगीविरुद्ध भन्दै नेपाली कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


सहकारी प्रकरणमा संसदीय छानविन समिति गठनको माग गर्दै सदनमा निरन्तर विरोध गर्दै आएको कांग्रेसले आइतबार काठमाडौंमा सडक प्रदर्शन गरेको हो । कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्रीलाई राज्य संयन्त्रले बचाउने काम गरेको, प्रतिशोधकै कारण कैलाश सिरोहीयालाई प्रक्राउ गरेको लगायतका विषयलाई लिएर प्रदर्शन गरेको हो । प्रदर्शनपछि आयोजित विरोध सभामा कांग्रेस नेताहरुले सहकारी बचत अपचलन गर्नेहरुलाई कारबाही हुनुपर्ने भन्दै उनीहरुलाई बचाउन खोजे शसक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए ।


ADVERTISEMENT

# # #


कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अहिलको प्रदर्शन सानो तयारी र सांकेतिक विरोधमात्रै भएको बताए । उनले सरकारमा रहेका दलहरु नै साना दलहरुलाई फुटाउने काम गरेको आरोप लगाए । शर्माले सरकारको हर्कतको विपक्षमा सडकमा आएर जनतालाई सुसुचित गराउन खोजेको बताए । भ्रष्टाचार प्रकरणलाई ढाकछोप गर्न संगठित अपराधजस्तो प्रवृति प्रस्तुत हुन थालेको उनले बताए ।

उनले केपी ओलीले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीलाई बचाउन लागिपरेको टिप्पणी गरे । एउटाले सहकारी र अर्कोले गिरिबन्धुलाई मिलाइराख्ने प्रयास गरेको भन्दै शर्माले अहिलको गठबन्धनलाई सहकारीबन्धु गठबन्धनको संज्ञा दिए ।

संसदमा सभामुख नजिक बस्ने व्यक्तिको दुइवटा नागरिकता रहेको प्रसंग आएको, गृहमन्त्रीको दुईवटा राहदानीको तथ्य हुँदाहुँदै कैलाश सिरोहियालाई कार्यकक्षबाट पक्राउ गर्ने कामले राज्यको दोहोरो चरित्र देखिएको उनले बताए ।

उनले नदेखिएका धेरै पात्रहरुहरुले सहकारी ठगि गरेको भन्दै एमालेले सबैलाई बचाउने प्रयास गरेको अरोप लगाए । शर्माले सहकारीबन्धु गठबन्धनमा प्रधानमन्त्रीको अस्तीत्व नदेखिएको र गृहमन्त्रीको वक्तव्यको खण्डन गरेर बसेको तर्क गरे । उनले गृहमन्त्रीले कांग्रेस नेताहरुमाथि लगाएको आरोपको छानविन गर्न तयार रहेको र सवैमाथि छानविन गर्न  चुनौती दिए ।