काठमाडौँ– एभरेस्ट प्रिमियर लिग (इपिएल) तेश्रो सिजनको मिति घोषणा भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै इपीएलका प्रमुख आमिर अख्तरले आगामी मङ्सिर २२ देखि पुस ७ सम्म प्रतियोगिता सञ्चालन गर्ने बताए ।


ADVERTISEMENT


अन्तराष्ट्रिय खेलाडीसमेत खेल्नका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद्को स्वीकृति चाहिने भएकोले त्यसको तयारी पनि गरिसकेको आमिरले बताए । उनले भने, ‘आइसीसीले अप्रुभल दिनका लागि साधारणतया २-३ महिना लाग्ने भएकोले हामीले त्यसको लागि तयारी गरिसकेका छौँ । नोभेम्बरसम्ममा पाउने आशा छ ।’


ADVERTISEMENT

# # #


गत वर्ष भन्यो यो पटकको इपीएल भव्य बनाउने भन्दै उनले विश्व स्तरका अन्तराष्ट्रिय खेलाडी ल्याउनेदेखि अन्य तयारी पनि टिम मासिलकले गरिरहेको बताए ।

टि २० फर्म्याटमा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज्ड टिमहरु सहभागी हुनेछन् । जसमा तीन जना विदेशी खेलाडी अनिवार्य गरिएको छ । खेल एपी वान टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने जनाइएको छ भने विजेताले गर्त वर्षको भन्दा बढी पुरस्कार पाउनेछन् । ।