काठमाडौं– नेपाल आयल निगम (एनओसी)ले चालू आर्थिक वर्ष ०७५/७६ को साढे दुई महिनामा ४० अर्बको पेट्रोलियम कारोबार गरेको छ। ४० अर्बको कारोबारमा निगमले एक अर्ब घाटा देखाएको छ।


ADVERTISEMENT


साउन, भदौ र असोजको मध्यसम्म ४० अर्बभन्दा बढी कारोबार गर्दा एनओसीले ३० अर्ब रुपैयाँ भारतीय आयल कर्पोरेसन(आईओसी)लाई भुक्तानी दिएको छ । यो अवधिमा एक अर्ब रुपैयाँ बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि संकलन गरेको र झण्डै १२ अर्ब राजस्व तिरेको निगमका निमित्त नायब प्रबन्ध–निर्देशक नागेन्द्र साहले बताए ।


ADVERTISEMENT

# # #


आईओसीले पठाएको मूल्यअनुसार समायोजन नगर्दा घाटा बढिरहेको उनको भनाइ छ । असोज १५ मा आईओसीले निगमलाई नयाँ मूल्य पठाए पनि बारम्बार मूल्यवृद्धिको चर्को विरोधका कारण मूल्य समायोजन गर्न नसकेको साहको भनाइ रहेको छ । – आजको नयाँ पत्रिका दैनिकबाट