डोटी– डोटीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका नेता वीरबहादुर बलायरले निर्मला पन्तको हत्याराबारे बम दिदीबहिनीलाई जानकारी रहेको दाबी गरेका छन् ।


ADVERTISEMENT


उनले भने–‘ ‘यदि चाहेको भए निर्मला हराएकै राति बम दिदिबहिनीहरुको घरमा छापा मारेर निर्मला भरसक जिउँदै नभए शव भेटिन्थ्यो । तर प्रहरीले राति जान नमिल्ने भन्दै वास्ता गरेन ।’ उनले अगाडि भने– ‘यो मेरो ठोकुवा हो । निर्मलाको हत्या त्यही घरमा भएको हो वा जिउँदै कसले लगेको हो, उनीहरुलाई सबै थाहा छ ।


ADVERTISEMENT

# # #


निर्मला १० साउनमा रोशनी बम र उनकी दिदि बबिताको घरमा गएकी थिइन् । साँझसम्म छोरी नआएपछि निर्मलाकी आमा खोज्न गइन र बबिताले आफूलार्इ नराम्रो व्यवहार गरेको आमा दुर्गादेवीको पनि गुनासो छ ।

स्थानीयहरूले पनि बम दिदिबहिनीबाट नै हत्या प्रकरणको अनुसन्धान माग गरेका थिए । लामो समय पछाडि उनीहरूलार्इ प्रहरीले पक्राउ गरेपनि केही दिनमा नै धरौटीमा छुटेका थिए ।

आफूले यस विषयमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई समेत भेटेर कुरा समेत गरेको बताउँदै उनले भने ‘त्यतिबेला त उहाँहरु निकै आक्रामक हुनुहुन्थ्यो तर अहिले के भयो ?’

के आधारमा यो दाबी गर्नुभयो भन्ने प्रश्नमा उनले भने, ‘आफैंले बोलाएर लैजानु, आमा खोज्दा जाँदा पोइला गइहोला भन्नु,नराम्रो व्यवहार गर्नु, साइकल भेटिएपछि शव पनि भेटिन्छ भन्नु नै त्यसको आधार भएको उनले दाबी गरे । प्रधानमन्त्री ओलीले समेत उनीहरुको बचाउ गर्नुले पनि बम दिदीबहिनीमाथि थप शंका लागेको उनले बताए ।’

बलायर निर्मला पन्तको हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसले खटाएको टोलीमा समेत रहेका छन् ।