काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारलाई साढे ५ करोड खर्चिएर रंगीचंगी बनाइएको छ । निवास छिर्नेबित्तिकै चारैतिर रंगीबिरगी बगैंचा बनाइएको छ ।


ADVERTISEMENT


बंगैचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्यसहितको ल्यान्डस्केप (बगैंचा व्यवस्थापन) को कार्य अन्तिम चरणमा पुगेको छ । बंगैचाको बीचमा अवस्थित तलाउमा राखिएको फोहरा रातिमा सप्तरंगी देखिनेछ ।


ADVERTISEMENT

# # #


सरकारले दुई वर्षअघि नै बालुवाटारमा बगैंचा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । त्यसका नाममा ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ खर्च गरेर भव्यता थपिएको छ । भीभीआईपीको आवास व्यवस्थापनको जिम्मेवारी पाएको भवन निर्माण सम्भार डिभिजन कार्यालयले प्रधानमन्त्री निवास बालुवाटारको रूपरङ नै फेरिने गरी बगैंचा व्यवस्थापनको काम गरेको हो । त्यो अहिले अन्तिम चरणमा पुगेको छ ।

केही दिनभित्रै सरकारका मुख्यसचिव पनि बालुवाटारमै बस्नेछन् ।

मुख्यसचिवको अत्याधुनिक चारतले आवास निर्माणका लागि ४ करोड ५१ लाख खर्च भएको भवन निर्माण सम्भार डिभिजन कार्यालयले जानकारी दिएको छ । आवासमा अत्याधुनिक पूजाकोठा र योग हलसमेत छ । पूर्ण रूपमा नेपालीपन झल्किने र कलात्मक डिजाइनका साथ मुख्यसचिवको आवास बनाइएको कार्यालयले बताएको छ । – आजको अन्नपुर्ण पोष्टबाट