काठमाडौं– प्रहरी प्रधान कार्यालयले ठूलो मात्रामा प्रहरी जवान, अधिकृत तथा अन्य कर्मचारी र खेलाडी समेतका लागि नयाँ भर्ना खुला गरेको छ । गोरखापत्रमा विज्ञापन प्रकाशित गर्दै प्रहरी प्रधानकार्यालय मानश्रोत विभाग भर्ना छनोट महाशाखाले दरखास्ता आव्हान गरेको हो ।


ADVERTISEMENT


महाशाखाले प्रहरी निरीक्षक १०८ जना तथा सहायक निरीक्षक ५२४ जनाका लागि दरखास्त माग गरेको छ । त्यस्तै, प्रहरी जवानका लागि ६ हजार २ सय ४४ जना तथा खेलाडी ३० जनाको दरखास्त आव्हान गरिएको हो ।


ADVERTISEMENT

# # #


यसैगरी प्रहरीका लागि खाना बनाउने भान्से ३२० जना र कपाल काट्ने हजाम १५ जनाका लागि दरखास्त आह्वान गरिएको छ । अन्यमा सिलाई बुनाईसम्बन्धी १२ जना, कुचिकार १४ जना, मोचि ९ जनाका लागि समेत भर्ना खुलेको हो ।

कसरी दिने दरखास्त ?
प्रहरी निरीक्षक र सहायक निरीक्षकका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट दरखास्त बुझाउन सकिनेछ । यसका साथै सातै प्रदेशका प्रहरी प्रमुख कार्यालयबाट समेत सो पदका लागि दरखास्त दिन सकिने जनाइएको छ ।

प्रहरी जवानका लागि भने महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरका साथै सातै प्रदेशका प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालबाट समेत दरखास्त दिन सकिने व्यवस्था गरिएको छ ।

असोज अठार गतेदेखि कार्तिक २९ गते सम्म उल्लिखित स्थानबाट इच्छुक एवं योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।

थप जानकारीका लागि तलको विज्ञापन हेर्नुहोला–