काठमाडौँ– चिकित्सा शिक्षा विधेयक पास नगरी संसद अधिवेशन अन्त्य भएको भन्दै डा. गोविन्द केसीले शिक्षामन्त्री गिरिराज मणि पोखरेलको राजीनामा माग गरेका छन् । साथै उनले आफू जुनसुकैबेला पनि अनसन बस्ने चेतावनी दिएका छन् ।


ADVERTISEMENT


शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै डा केसीले सरकारले स्वास्थ्यलार्इ नाफामुखी बनाएको अरोप लगाउँदै तीन करोड नेपालीलार्इ झुक्याएको बताए । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले विधेयक पास हुनबाट रोक्न राजनीति गरेको भन्दै केसीले राजीनामा माग गरेका छन् ।


ADVERTISEMENT

# # #


डा केसीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘‘अध्यादेशलाई तोडमोड गरेर संसदमा विधेयक प्रस्तुत गर्नु र चिकित्सा शिक्षा ऐन बनाउने दायित्व बोकेका सरकारी विभागीय मन्त्री नै प्रधानमन्त्री स्वयंको पहलमा भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको विधेयकमा अवरोध गर्नु गैरजिम्मेवारपूर्ण भएकाले शिक्षामन्त्री पोखरेल सो पदमा रहिरहनु नैतिक रुपमा अशोभनीय हुन्छ ।’

यस्तै उनले बिना सूचना १६ औँ अनसन बस्ने चेतावनी दिएका छन् । ‘हामीसंग भएका सबै सम्झौता नागरिकका हैसियतमा सुशासनका लागि कुशासन गर्नेलाई जवाफदेही बनाउने लगायतका माग राखी बिना जानकारी १६ औँ सत्याग्रह शुरु गर्न बाध्य हुनेछु’ उनले भने ।

विहीबार अन्त्य भएको संघीय संसदको दोस्रो अधिवेशनमा यसअघिको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पेश नगरिएकोमा उनले असन्तोष प्रकट गरे ।

संघीय संसद्को दोस्रो अधिवेशन विहीबार राति १२ बजेदेखि समापन भएको छ । चासोका रुपमा हेरिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’अन्ततः सदनमा पेश भएन । यसअघि सरकारले डा केसीको अनशन तोडाउने क्रममा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ संघीय संसद्को दोस्रो अधिवेशनबाट पारित गर्ने सम्झौता गरेको थियो ।