काठमाडौँ– नायिका रेखा थापाको अभिनय तथा निर्देशन रहेको फिल्म ‘मालिका’को ट्रेलर सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक गरिएको ट्रेलरमा महिला हिंसाविरुद्धको विषय वस्तु देख्न सकिन्छ ।


ADVERTISEMENT


निर्देशनसँगै रेखाको आफ्नै निर्माण तथा अभिनय रहेको मालिकामा उनले जाजरकोटकी नन–एक्टर कमला ओलीलाई मुख्य भूमिकामा प्रस्तुत गरेकी छिन् ।


ADVERTISEMENT

# # #


नर बहादुर कार्की कार्यकारी निर्माता रहेको मालिकाको कथा पनि कार्कीकै हो । शिवम अधिकारी फिल्मका स्क्रिप्ट राइटर हुन् । यस्तै फिल्ममा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत रहेको छ । कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् भने द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ ।

फिल्म कार्तिक १६ बाट देशभर प्रदर्शनमा आउने छ ।

यस्तो छ ट्रेलर :