काठमाडौं– काठमाडौं महानगरपालिकाको एउटै विभागमा चार हाकिम खटाइएको छ । कामपाको सामाजिक विकास विभागमा एक विभागीय प्रमुख भए पनि उही दर्जाका चार निर्देशक खटाइएको हो ।


ADVERTISEMENT


निर्देशक नूरनिधि न्यौपानेले प्रमुख पदको जिम्मेवारी सम्हाले पनि सोही दर्जाका चार निर्देशक खटाइएको हो । सो विभागमा न्यौपानेसँगै यादव घिमिरे, नवराज थापा र रविमान श्रेष्ठलाई खटाइएको छ ।


ADVERTISEMENT

# # #


एउटै विभागमा चार कर्मचारी खटाउन सक्ने महानगरपालिकाले न्यौपानेलाई बाहेक अरुलाई काम दिएको छैन ।

प्राविधिक पदमा कार्यरत निर्देशक रविमानमान श्रेष्ठलाई पनि सोही विभागमा खटाइएको छ । यता प्राविधिक समूहका निर्देशक भैरव बोगटीलाई प्रशासन विभागमा खटाइएको छ । – आजको नेपाल समाचारपत्रबाट