काठमाडौं– आइएमई लिमिटेड र भरोसा अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता भएको छ ।


ADVERTISEMENT


गत सोमबार एक कार्यक्रमका बीच भएको उक्त सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट व्यापार प्रवद्र्घन अधिकृत अभिनाष श्रेष्ठ र भरोसा अस्पतालको तर्फबाट प्रशासन अधिकृत सुर्य आचार्यले हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


यस सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले अस्पतालको सेवामा १० प्रतिशतसम्म विशेष छुट पाउनु कम्पनीले जनाएको छ । यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुनेछ ।

उक्त सुविधालिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनु पर्नेछ । यो सम्झौता असोज ०५ गतेदेखि दुई वर्षसम्मका लागि लागु हुने बताइएको छ ।

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदानगर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुखजन सम्पर्क व्यवस्थापक राजु पौडेलले बताएो ।