कांग्रेस नेता त्यसमा पनि युवा संगठनको नेता भने पछि मान्छे ले अर्कै ढंगले बुझ्ने गर्छन तर नेपाली कांग्रेसका युवा नेता नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजङ्ग शाही सरल सहज र कमलो मन भएका भावुक नेताको परिचयमा देखिएका छन् । सधै राजनीतिमा सक्रिय हुने शाहीले वर्तमान परिस्थितिमा सबै नेपालीहरुले भोगेको आफ्नो घरपरिवार छोडेर परदेशी बन्नु परेको वास्तविक पीडा लाई समेटेर गित रचना गरेका छन ।


ADVERTISEMENT


अति नै मार्मिक शब्द ‘परदेशमा के गर्दै होलान मेरो मनको राजा, धेरै भयो नभेटेको के छ खबर ताजा’ भन्ने गितको एक विशेष समारोहको बिच म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कांग्रेस युवा नेता भुपेन्द्र जंग शाहिको शब्द रचना, टीका प्रसाइको स्वर, रेखा पौडेलको संगीत रहेको गित परदेशमा अहिलेको वर्तमान परिस्थिति सङ मेल खान्छ । सम्पुर्ण परदेसी मन र परदेसिका परिबार हरु को कथा, ब्यथा, दुःख र मर्म सङ्ग जोडिएको यो गित अति नै मार्मिक रहेको छ । यो गितको भिडियो निर्देशन राजिभ गुरुङले गरेका छन भने मोडल नम्रता सापकोटा र विवेक सिङ ठकुरीले अभिनय गरेका छन । आफ्नो घर छोडेर परदेसी बन्न बाध्य भएका नेपालीहरु र आफ्नो प्यारो मान्छे आफ्नो साथमा नहुदा गाउमा एकलै बसेर दुःख पीडा भोगिरहेका हाम्री दिदिबहिनीहरु सबैले यो गित एकपटक सुन्न अति आवश्यक छ ।


ADVERTISEMENT

# # #


नेपाली कांग्रेसको तर्फबाट कालिकोटमा दुई पटक सांसद पदको उम्मेदवार समेत बनिसकेका बहु प्रतिभाका धनी तरुण महासचिव शाही राजनीति मात्र नभएर साहित्य र संगीतको क्षेत्रमा पनि सक्रिय छन् । उनको यो भन्दा पहिला पनि केही गित हरु रेकर्ड भैसकेका छन । उनले तराजुमा माया र लासहरुको वस्ती गजल संग्रह प्रकाशित गरेका छन् ।

‘बन्दीगृह’ उपन्यास नेवि संघको विगत र वर्तमान तथा नेपाली कांग्रेस प्रशिक्षण पुस्तिका प्रकाशित छन् । ‘सुन्दर कालिकोट, समृद्ध कालिकोट’को लेखन तथा सम्पादन गरेका शाहीले ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेस’ वृत्तचित्रको लेखन तथा निर्देशन गरेका छन् ।

हेर्नुहोस भिडियोः

https://www.youtube.com/watch?v=xQhqfXcCeAc&feature=youtu.be