काठमाडौं– प्रतिपक्षी दल नेपाली कांग्रेसले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाउने चर्चा गरेर कुतर्क गरेको आरोप लगाएको छ । आजको राष्ट्रिय सभा बैठकमा काँग्रेस सांसदले न्यायपालिका कमजोर बनाउने खेलमा सत्तापक्ष लागेको आरोप लगाएको हो ।


ADVERTISEMENT


राजीनामा वा महाभियोग भनेर सत्ता पक्षले कुतर्क गरेर न्यायपालिका र न्यायाधीशको अधिकारलाई कुण्ठित गर्न खोजेको काँग्रेसको आरोप छ । संविधानलाई नमानी सरकारले गरेका निर्णयलाई समर्थन गर्ने हो भने अदालतको मर्यादामा आँच आउने काँग्रेसको भनाई छ । महाअभियोगको भय न्यायाधीश माथि कायम राखेर सरकारले कानूनलाई दवावमा राख्न खोजेको समेत उसले आरोप लगाएको छ ।


ADVERTISEMENT

# # #


अन्तिम न्यायीक भूमिका निर्वाह गर्ने संवैधानिक नियकाय त्यसमा पनि सर्वोच्चलाई नै कमजोर पर्दा त्यसको असर दिर्घकालिन हुने भन्दै काँग्रेसले सरकारलाई सचेत समेत गराएको थियो ।