काठमाडौं– सार्वजनिक यातायातको भाडा बढेको छ । सरकारले देशभर भोलिदेखि लागू हनेगरी सबै क्षेत्रमा हालको भाडाको १० प्रतिशत बढाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


असोज ५ गतेदेखि अग्रिम बुकिङ खोल्ने निर्णय गरेका यातायात व्यवसायीहरुले कि भाडा बढाउनुपर्ने कि इन्धनको मूल्य घटाउनुपर्ने अडान राख्दै अग्रिम बुकिङ रोकेका थिए । व्यवसायीको दवावपछि सरकारले तत्काल १० प्रतिशत भाडा बढाउने र मंसिरसम्म भाडादर समायोजन गर्ने निर्णय गरेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायले जानकारी दिए ।


ADVERTISEMENT

# # #


इन्धनको मूल्य बढेकोले तत्काल अहिलेको भाडामा १० प्रतिशत बढाउने र भाडा समायोजन गर्नको लागि ३ सदस्यीय समिति बनाउने निर्णय गरिएको छ । उक्त समितिले २ महिनाभित्र प्रतिवेदन दिने छ ।

भौतिक मन्त्रालयमा व्यवसायी र सरकारबीच भएको छलफलमा आफूहरुले अहिलेको भाडा र इन्धनको मूल्यमा हेरफेर नभए बुकिङ खुलाउन नसकिने राय दिएको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

लामो समयदेखि भाडादर एउटै भएको तर इन्धनको मूल्य दिन प्रतिदिन बढ्दै गएकोले घाटा खाएर गाडी आफूहरु नगुडाउने अडानमा कायमै रहेको उनको भनाइ छ । सरकारले भाडा बढाएको भए निर्णय गरेर बुकिङ खोल्न तयार भएको उनले जानकारी दिए ।

त्यस्तै मन्त्रालयले रोक्का भएको यातायात व्यवसायी समितिहरुको खाता फुकुवा गर्न गृह मन्त्रालयमा पत्राचार गर्न तयार भएको छ ।