सप्तरी– सप्तरीको राजविराजमा एक जिवित बालकलाई मृत घोषणा गरिएको छ ।


ADVERTISEMENT


मृत घोषणा गरेका बालक जिवितै भेटिएपछि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त बनेको हो । हिजो शुक्रबार राति अस्पतालले मृत घोषणा गरेका बालक शनिबार दिउँसो जिवितै भेटिएको छ ।


ADVERTISEMENT

# # #


मृत घोषणा गरिएको बालक आरभ साह अशोक साहका छोरा हुन् । दुई वर्षीय बालक आरभलाई सर्पले टोकेपछि अस्पताल लगिएको थियो। अस्पताल पुग्नसाथ बालकलाई चिकित्सकले मृत घोषणा गरेर शव गृहमा राखेको आफान्ताले बताए।