कञ्चनपुर– सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरका विभिन्न ठाउँमा जेब्रा क्रसिङ बनाइएको छ ।


ADVERTISEMENT


डिभिजन सडक कार्यालय कञ्चनपुरले दिप तामाकोसी कन्ट्रक्सनलाई रु बीस लाखमा ठेक्का दिई जेब्रा क्रसिङ र सेन्टर लाइनको निर्माण कार्य गराएको हो । बढी भिडभाड हुने गड्डाचौकीदेखि अत्तरियासम्मको एक हजार सात सय स्क्वायर मिटर क्षेत्रमा जेब्रा क्रसिङ र सेन्टर लाइनको निर्माण कार्य गरिएको डिभिजन सडक कार्यालय कञ्चनपुरले जनाएको छ ।


ADVERTISEMENT

# # #


गड्डाचौकी, दैजी, महेन्द्रनगर बजारको भानु चोक र झलारी क्षेत्रमा रोड मार्किङ मेसिनको सहायताले जेब्रा क्रसिङ निर्माण गरिएको कन्ट्रक्सनका कर्मचारी दीपक वरुवालले बताए ।

विद्यालय, बजार क्षेत्र र बढी भिडभाडा हुने क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरिएपछि दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने विश्वास ट्राफिक प्रहरी रामनरेश चौधरीको छ । “पैदल यात्रुले जथाभावी सडक पार गर्दा धेरैको ज्यान जाने गरेकोले यस कार्यलाई न्यूनीकरण गर्न जेब्रा क्रसिङले निकै मद्दत पु¥याउने विश्वास लिएका छौं” उनले भने ।

जेब्रा क्रसिङबाट मात्रै सडक पार गर्नका लागि जनचेतनामूलक कार्यक्रमलाई अभियानका रुपमा अगाडी बढाउने ट्राफिक प्रहरीको योजना छ ।