काठमाडौँ– आसन्न स्थानीय निर्वाचनमा राजपालाई सहभागी गराउनका लागि निर्णायक भनिएको सत्तारुढ र राजपाबीचको बैठक बिनानिष्कर्ष सकिएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा भएको छलफल दुईपक्षीय अडानका कारण निर्णयमा पुग्न नसकेको हो । राजपाले संविधान संशोधन, जनसंख्याको अनुपातमा तराईमा स्थानीय तहको संख्या थप गर्नुपर्ने, चुनाव मिति सार्नुपर्नेलगायतका माग अघि सारेको छ ।


ADVERTISEMENT

# # #


तर, सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले चुनावको मिति सार्न नसकिने प्रस्ट पार्दै बाँकी मागका विषयमा छलफल गर्दै जाने र संविधान संशोधन चुनावपछि पारित गराउने आश्वासन दिँदै राजपालाई चुनावमा भाग लिन आग्रह गरेका छन् । राजपा नेताहरुले माग पूरा नभएसम्म चुनावमा नजाने अडान कसेका छन् । दुई पक्षीय शनिबारको छलफल पनि अनिर्णित बनेको थियो ।

राजपालाई असार १४ गतेको दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन भन्दै सत्तारुढ दलहरुले प्रयास गरिरहेको छ । उसलाई चुनावमा सहभागी गराउन भन्दै संसद्बाट स्थानीय निर्वाचन एेन समेत संशोधन गरिएको छ ।

तर, राजपा आफ्ना माग सरकारले पूरा नगरेको भन्दै आज आन्दोलन घोषणा गर्ने चेतावनी पनि दिइसकेको छ ।