काठमाडौँ– प्राइम कमर्सियल बैंक लिमिटेडले जनकपुरधाम उपमहानगरपालिकामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा बैँकले शुक्रबार जनकपुर शाखाको शुभारम्भ गरेको हो ।


ADVERTISEMENT


स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहकाबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले शाखा कार्यालय जनकपुरको उद्घाटन गरे ।


ADVERTISEMENT

# # #


यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ६४ पुगेको छ ।

बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता जनाएको छ । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने छ ।