काठमाडौं– तेस्रोपटक दूरसञ्चार प्राधिकरणमा नियुक्ति पाएका दिगम्बर झाले आइतबारदेखि पदबहाली गरेका छन्। गत बिहीबार मन्त्रिपरिषद बैठकले झालाई नियुक्त गर्ने निर्णय गरेको थियो । आइतबार बिहान सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सपथ ग्रहण गराएपछि प्राधिकरणमा पदबहाली गरेको झाले जानकारी दिए ।


ADVERTISEMENT


टेलिकम क्षेत्रको नियामक प्राधिकरणमा झाले पाँच वर्षका लागि नियुक्ति पाएका छन् । गत वैशाखमा अविश्वास गरेर काम रोक्न निर्देशन दिएको र असारमा वर्खास्त गरेको सरकार आफैंले झालाई फेरि नियुक्ति दिएको हो ।


ADVERTISEMENT

# # #


चौतर्फी विरोध र आलोचनाकाबीच नियुक्त पाएका झाले आजदेखि काम सुरु गरेका छन् ।

अवकाश पाउने उमेरमा पुगेका झाले पाँच वर्ष लामो नियुक्ति पाउनुले पनि धेरैले प्रश्न उठाएका हुन् । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ मंसिर १९ गते उनी पहिलोपटक प्राधिकरण अध्यक्षमा नियुक्त भएका थिए । उनको पदावधि २०७४ मंसिरमा सकिएको थियो ।

त्यसपछि २०७४ मंसिरमा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले झालाई आगामी कार्यकालका लागि अध्यक्ष नियुक्त गर्न खोजेका थिए । उनलाई पूरा कार्यकाल नियुक्त गर्ने बस्नेतको प्रस्ताव थियो । मन्त्रिपरिषदले भने ६५ वर्ष उमेर भएसम्मलाई मात्र नियुक्ति दियो ।

बिहीबार मन्त्रिपरिषद बैठकले भने झालाई अर्को पाँचको लागि वर्ष नियुक्ति गरेको हो । उनी केही महिनामै ६५ वर्ष पुग्दैछन् ।