काठमाडौं – जिल्ला अदालत चितवनले फुजेल काण्डमा छविलाल पौडेलसहित १२ जनालाई सफाइ दिएको छ । मुख्य न्यायधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाई दिने फैसला गरेको हो ।


ADVERTISEMENT


सफाइ पाउनेमा डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल, रामप्रसाद अधिकारी (क) र (ख), कालिप्रसाद अधिकारी, सीता तिवारी, सुभद्रा तिवारी, बिष्णु तिवारी लगायत रहेको जिल्ला अदालतका श्रेष्तेदार गेहेन्द्रराज पन्तले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रतिवादी रुद्र आचार्य भने फरार छन् । आयरल्याण्डमा रहेका भनिएका उनको हकमा भने पछि फैसला हुने अदालतले जनाएको छ ।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको २४ जेठ २०६१ मा चितवनबाट अपहरणपछि हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमंगलामा हजुरबुबा भेट्न आएको बेला अपहरणमा परेका उनले रत्ननगरको बकुलहरमा हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो ।

मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए । लामो समय मुद्दा दायर नभएपछि बाबु नन्दप्रसाद र आमा गंगामायाले अनशन थाले र २०७० चैत ३० गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

घटनामा १३ जना प्रतिवादी कायम भएका थिए । सबैलाई जन्मकैद सजाय माग गरिए पनि प्रमाण नुपग्ने भन्दै अदालतले दुईजनालाई धरौटीमा छाड्यो ।

तर, पुनरावेदन हुँदै सर्वोच्चमा निवेदन पुगेपछि छविलाल पौडेललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो । सर्वोच्चको आदेश कार्यान्वयनको माग गर्दै अनसन बसेका बेला नन्दप्रसादको निधन भयो । पछिल्लो पटक गंगामाया अनसनमा बसेपछि पौडेलले २४ असारमा सर्वोच्चमा आत्मसमर्पण गरेका थिए ।

उनी अहिले डिल्लीबजार कारागारमा छन् । जिल्ला अदालत चितवनको फैसलापछि उनी भोलि छुट्ने भएका छन् ।