काठमाडौँ– नयाँ शक्ति नेपालले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेका बुढीगण्डकी जलविद्युत आयोजना विकाससम्बन्धी सरकारले गरेको निर्णय गलत मनसायले अगाडि बढाइएको आरोप लगाएको छ ।


ADVERTISEMENT


सो पार्टीले आज पत्रकार सम्मेलनको आयोजना गरी बिना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई बुढीगण्डकी आयोजना दिइएको भन्दै आपत्ति जनाएको हो । सो अबसरमा पार्टीका संयोजक डा बाबुराम भट्टराईले ऊर्जा मन्त्रालयले चीनको गेजुवा ग्रुप अफ कम्पनी लिमिटेडसँग हालै गरेको समझदारीपत्र स्थानीय प्रभावितको हितमा नरहेको आरोप लगाए ।


ADVERTISEMENT

# # #


विद्युतीय लोडसेन्टरहरु काठमाडौँ, पोखरा, चितवनजस्ता बिजुली प्रशस्त खपत हुने स्थानहरुबाट नजिक, पहुँचमार्ग पुगेको र प्रशारण लाइन छोटो र सहजताका साथ निर्माण हुने स्थानमा रहेको, प्रशस्त जलभण्डार हुन सक्ने आयोजना सस्तो र सहज रुपमा बनाउन अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्नेमा त्यसो नभएकोमा उनले आपत्ति जनाए ।

जलाशययुक्त आयोजना गैरजलाशययुक्त आयोजनाभन्दा वित्तीयरुपमा केही बढी बोझिला मात्र नभएर यसका सामाजिक तथा वातावरणीय पक्षहरु पनि चुनौतीपूर्ण हुने हुनाले त्यस्ता आयोजनाको निर्माणमा राज्य स्वयम् सक्रिय हुनुपर्ने आवश्यकता सो पार्टीले औल्याएको छ ।