श्यामकुमार ठाकुर, सिरहा– राष्ट्रिय जनता पार्टी (राजपा)ले स्थानीय तह दोस्रो चरणको निर्वाचनको विरोध सभा आयोजना गरेको छ ।


ADVERTISEMENT


सिरहाको कल्याणपुर नगरपालिकामा मधेशका माग पुरा नगररै स्थानीय  तह दोस्रो चरणको निर्वाचनको तयारी गरेको भन्दै राजपाले उक्त विरोध सभाको आयोजना गरेको हो । उक्त विरोध र्काक्रमका प्रमुख अतिथी राजपाका नेता डा. सुरेन्द्र झाले सभालाई सम्बोधन गर्दै बिना संविधान संशाधन तथा मधेसी जनतालाई अधिकार सम्पन्न नबनाइ मधेशमा कुनै निर्वाचन सम्भव नहुने कुरा उल्लेख गरे ।


ADVERTISEMENT

# # #


संघितालाई नै पाखा लगाउन स्थानीय तहलाई प्रदेश जस्ता अधिकार दिन खोजेको भन्दै उनले जनसङ्ख्या अनुसार तराईमा स्थानीय तह नबढाएकोले सरकारले मधेशमाथि विभेद गरेका बताए ।

मधेसलाई अधिकार सम्पन्न बनाउन एकता प्रर्दशन गर्ने बेला उपेन्द्र यादव मधेश तथा मधेशी जनताबाट टाढिँदै गएको उल्लेख गर्दै नेता झा ले यादव विसर्जनवादी झैँ देखिएको आरोप लगाए । कार्यक्रममा फोरम, एमाले लगायत अन्य पार्टी छाडेर राजपामा प्रवेश गरेकालाई अबिर लगाएर स्वागत गर्दै उनले मधेशका लगि काम गर्न निर्देशन दिए ।