ललितपुर– बाल स्वास्थ्य र विकाससम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरु भएको छ ।


ADVERTISEMENT


‘भोकविरुद्ध सङ्घर्ष’ नामक संस्थाको आयोजनामा बाल स्वास्थ्य र विकासका क्षेत्रमा विश्वमै देखिएका समस्या समाधान गर्ने उद्देश्यले आयोजित सो सम्मेलन बाल स्वास्थ्य शाखाका महानिर्देशक राजेन्द्रलाल पन्तले उद्घाटन गरे ।  उनले मातृशिशु स्वास्थ्य र मानसिक स्वास्थ्य निकै महत्वपूर्ण भएको हुँदा सम्मेलन धेरै महत्वपूर्ण भएको बताए ।


ADVERTISEMENT

# # #


सो संस्थाको मुख्य कार्यालय पेरिसस्थित मानसिक स्वास्थ्य र हेरचाह अभ्यासका अनुसन्धान कार्यक्रम अधिकृत डा केरिन ले रोचले विपन्नताले गर्दा बालस्वास्थ्यमा चुनौती थपिएकाले सरकारले पोषण नीति नै बनाएर सुधार गर्नुपर्ने बताए । डा रोचका अनुसार बालस्वास्थ्यको विकासका लागि उपचारसँगसँगै बच्चालाई पोषण, स्वास्थ्यमा हेरचाह, मसाज गर्ने, उत्प्रेरणा जगाउने, खेलौना बनाएर थरिथरि तरिकाले खेलाउने र मनोरञ्जनमा ध्यान दिनुपर्छ ।

संस्थाका देशीय प्रतिनिधि डा ओजवी आचार्यले मात्रृशिशु स्वास्थ्य र मानसिक स्वास्थ्यमा देखिएका समस्या समाधानका लागि यो संस्थाले अनुसन्धान गर्दै आएको र नेपालको मुगु तथा सप्तरी जिल्लामा बालस्वाथ्य र विकासका विषयमा अनुसन्धान गरिसकेको र नवलपरासीमा गर्ने तयारी गरेको जानकारी दिए ।

मानसिक स्वास्थ्यमा कार्यक्रम निर्देशक सुजेनमान महर्जनले बालविकासमा मानसिक विकास ठूलो महत्व हुने र कुनै बच्चाको विकासका लागि खानामात्र नभएर माया, ममता र हेरचाह अति जरुरी भएको उल्लेख गरे। सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बालविकास र मानसिक स्वास्थ्यका विषयमा विज्ञहरुको १५ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

भोकविरुद्ध संघर्षले बिहीबार ललितपुरमा आयोजना गरेको बाल स्वास्थ्य र विकाससम्बन्धीे दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनका सहभागी । सम्मेलनमा नेपाल, भारत, अमेरिका, बंगलादेश, बेलायत, दक्षिण अफ्रिकालगायत देशका बाल स्वास्थ्य अनुसन्धानकर्ताहरु सहभागी भएका छन । तस्बिर : रासस

षोषणको अभावमा बालबालिकाले जोखिमपूर्ण जीवनयापन गर्नु परेको अवस्था विश्वमै देखिएकाले त्यसलाई न्यूनीकरण गर्दै लैजान सबै राष्ट्रले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा बाल विशेषज्ञहरुको जोड थियो ।

सम्मेलनमा नेपाल, भारत, अमेरिका, बङ्गलादेश, बेलायत, दक्षिण अफ्रिकालगायतका देशका बाल अनुसन्धानकर्ता सहभागी छन् ।