एजेन्सी– विश्व विजेता फ्रान्सलाई जर्मनीले गोलरहित बराबरीमा रोकेको छ ।


ADVERTISEMENT


रूसमा सम्पन्न २१औं संस्करणको विश्वकप फुटबलमा समूह चरणबाटै बाहिरिएको जर्मनीले उपाधि विजेता जर्मनीलाई गोलरहित बराबरीमा रोकेको हो ।


ADVERTISEMENT

# # #


युइएफएले सुरू गरेको युरोपका देशबिचको नयाँ प्रतिस्पर्धा ‘युइएफए नेशन्स लिग’को लिग ए अन्तर्गतको खेलमा बिहिबार राति फ्रान्स जर्मनीसँग गोलरहित बराबरीमा रोकिएको हो ।

खेल अवधिमा दुबै देशले केही राम्रा मौका पाए पनि त्यसलाई गोल गर्न नसक्दा खेल बराबरीमै सकियो ।

समूह ए वान अन्तर्गत रहेका फ्रान्स र जर्मनीले अब नेदरल्याण्डसँग खेल्नेछन् । नयाँ प्रतियोगिता नेशन्स लिगको लिग ए का लागि १२ देशलाई हरेक समूहमा तीन तीन देश हुने गरी चार समूहमा बाँडिएको छ ।

लिग ए अन्तर्गतका देशलाई ए वान देखि ए फोरसम्मका समूहमा विभाजन गरिएको छ । होम एण्ड अवे खेल सकिएपछि समूह विजेताहरू आउँदो जुनमा हुने फाइनल चरण खेल्नेछन् ।

यसरी फाइलन चरणमा आएका लिग ए का देश मध्येबाट एउटा नेशन्स लिग च्याम्पियन बन्ने छ ।