काठमाडौं– आर्थिक विकास तथा अनुसन्धान केन्द्र (सेडा)मा अनुसन्धानका लागि बजेट र जनशक्ति नभएको कार्यकारी निर्देशक अरुणकुमार ठाकुर बताउँछन् । पहिले सेडाको अनुसन्धानपछि राष्ट्रिय महत्वका योजनाका काम हुने गरेको, तर ०४६ पछि अनुसन्धानमा ब्रेक लाग्न थालेको उनको भनाइ छ ।


ADVERTISEMENT


अहिले पनि सेडासँग उल्लेखनीय योजना छैन । गरिबी निवारण कोषले दिएको १२ लाखको परियोजना मात्र सञ्चालनमा छ । ‘रिसर्च सेन्टरलाई बजेट नै छैन, विभागहरूलाई कनिका छरेजस्तो छरेको छ,’ ठाकुरले भने । राम्रा शिक्षक अनुसन्धान केन्द्रमा आउन पनि मान्ने नगरेको उनले बताए ।


ADVERTISEMENT

# # #


शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)ले शिक्षासँग सम्बन्धित क्षेत्रमा अध्ययन गर्छ । सेरिडका कार्यकारी निर्देशक प्रा.डा. जीवनाथ धितालले सरकारले अनुसन्धानका लागि बजेट नै नदिएको बताए । तैपनि गत वर्ष ६ परियोजना सम्पन्न गरेको निर्देशक धितालले बताए । यस वर्ष चार परियोजना सञ्चालनमा छन् भने तीन तयारी अवस्थामा छन् ।

डेढ करोड बजेटमा सामुदायिक विद्यालयको अवस्था, गुणस्तर, नतिजा, पुस्तक प्राप्तिको अवस्थालगायत क्षेत्रमा सेरिडले अध्ययन गरेर प्रतिवेदन बुझाएको छ ।

त्यस्तै, राष्ट्रिय परीक्षा बोर्डको ‘आइटम एनालाइसिस’को काम गरेको छ । कार्यकारी निर्देशक धितालले एक दशकयता अनुसन्धानका लागि यति ठूलो रकम पहिलोपटक आएको बताए । अहिले विश्वविद्यालय अनुदान आयोगबाट २० लाख प्राप्त भएपछि विश्वविद्यालयमा उत्तीर्ण प्रतिशत कम भएको विषयमा सेरिडले अनुसन्धान गर्दै छ । – आजको नयाँ पत्रिकाबाट