काठमाडौं – सभामुख कृष्णबहादुर महराले मौलिक हक अन्र्तगतका सबै विधेयक असोज २ गतेभित्र संसदबाट पास भईसक्ने बताएका छन् । सिंहदरबारमा बिहिबार पत्रकार सम्मेलन गरी सभामुख महराले निर्धारित समय भित्रैसबै दलसंगको सहमतिमा नै विधेयक आउने बताएका हुन् ।


ADVERTISEMENT


प्रतिनिधिसभातर्फका विधेयकको वर्तमान अवस्थाबारे जानकारी दिँदै उनले मौलिक हक अन्र्तगतका आवश्यक १० वटा विधेयकहरु आगामी असोज २ गते भित्र नै संसदले पारित गर्ने बताए । कतिपय विधेयक समितिमा छलफलको अवस्थामा रहेका र केहीलाई विहिबार नै प्रतिनिधिसभाले सम्बन्धीत समितिमा पठाउने भन्दै उनले निर्धारित समयमै सबै विधेयक आउने दाबी गरे ।


ADVERTISEMENT

# # #


आफूले मौलिक हक अन्र्तगत आवश्यक पर्ने विधेयक पास गर्नका लागि सहयोग गर्न प्रमुख दलका शिर्ष नेतालाई आग्रह गरेको र सोही अनुसार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल र सहमति पनि भएकाले विधेयक सहमतिका साथ पास हुने विश्वास उनले व्यक्त गरे ।