काठमाडौं–गाडी सानो होस् वा ठूलो चालकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), गाडीधनी पुर्जालगायत कागजपत्र साथमा राख्नुपर्ने नियम छ । गाडीको अवस्था चुस्त हुनुपर्छ । ट्राफिक नियम पालना गरी चलाउनुपर्छ । नियम पालना नगरे कारबाही भोग्नुपर्छ ।


ADVERTISEMENT


अचेल छडके जाँच गर्न जुनसुकै समय र ठाउँमा प्रहरी बस्छ । त्यसरी बस्ने टोलीले भेटे कारबाही स्वरूप जरिवाना तिर्नुपर्छ ।


ADVERTISEMENT

# # #


पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगरमा मंगलबार दिउँसो ट्राफिक नियम पालना भएरनभएको चेक गर्न प्रहरीले छडे जाँच थाल्यो । ट्राफिक नियम पालना नगर्ने चालकहरू एकपछि अर्को भेटिए । तर, यो पटक प्रहरीले कारबाहीका लागि जरिवाना तिर्न भन्दै रसिद काटेन । नियम मिच्नेहरूले चकलेट पाए । अनि ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक वेदप्रसाद गौतमको हातबाट गुलियो खाजाको पोका पनि साथै पाए ।

‘थाहा पाएर पनि नियम पालना नगर्ने भनेको लापरबाही हो । जरिवाना नै काट्नुपर्ने हो । तर तपाईंहरूलाई लज्जाबोध होस भनेर चकलेट बाँडेका हौं,’ ट्राफिक प्रमुख गौतम चालकहरूलाई सम्झाउँदै थिए । गल्ती पनि गर्ने गुलियो खाजा पनि पाउने, यस्तो किन ? इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख दयानिधि ज्ञवाली भने, ‘कहिले–काहीं मीठो तरिकाले पनि नियम सम्झाउँ भनेर हो नि । अरू बेला कारबाही नै हुन्छ ।’ – आजको कान्तिपुर दैनिकबाट