काठमाडौं– एक वर्षमा वैदेशिक रोजगारीमा डेढ अर्बभन्दा बढीको ठगी भएको छ । यसरी ठगिएकामध्ये २० करोड रुपैयाँ मात्रै असुली भएको छ ।


ADVERTISEMENT


वैदेशिक रोजगार विभागका अनुसार गत अर्थिक वर्ष ०७४/७५ मा एक अर्ब ५२ करोड २० लाख ७१ हजार २५५ रुपैयाँ ठगी भएको छ । तर ठगी भएकामध्ये असुली दर निकै कम छ ।


ADVERTISEMENT

# # #


विभागका अनुसार उक्त अवधिमा २० करोड १९ लाख ९४ हजार ८७१ रुपैयाँ मात्रै असुली भएको हो । विभागका निर्देशक उद्धवप्रसाद रिजालका अनुसार कागजात नहुँदा पीडितले दाबी गरेअनुसार रकमअसुली गर्न समस्या भएको छ। ‘हामी आपसी सहमतिमा मिलापत्र गराउँछौँ’, उनले भने।

पीडित पक्ष र पीडकसँग छलफल र सहमतिपछि पीडकबाट रकम भराउने गरिएको उनले बताए । वैदेशिक रोजगारीमा जानेमध्ये दैनिक ६ जना ठगिने गरेका छन् । – आजको अन्नपुर्ण पोष्टबाट