काठमाडौँ– नेपाल चिकित्सक संघले मुलुकी ऐनको विरोध गर्दै संकलन गरिएका चिकित्सक प्रमाणपत्र नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ ।


ADVERTISEMENT


आज नयाँ बानेश्वरमा विरोधसभाको आयोजनापछि नेपाल चिकित्सक संघका पदाधिकारी नेपाल मेडिकल काउन्सिलमा पुगेर प्रमाणपत्र काउन्सिललाई बुझाएको हो । काउन्सिल पुगेर नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठ लगायतको टोलीले नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डाक्टर नारायणविक्रम थापालाई चिकित्सक प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


संघले ६ हजारभन्दा धेरै चिकित्सकको प्रमाणपत्र बुझाएको जनाएको छ । संघको नेतृत्वमा मुलुकी ऐन विस्थापन गर्न बनेको मुलुकी अपराध तथा फौजदारी संहितामा व्यवस्था गरिएको चिकित्सकको कसुर तथा कारवाहीको दफाहरु संशोधनको माग गर्दै आन्दोलन जारी छ ।
आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पारिएको छ ।