काठमाडौं – भूकम्पले क्षतिग्रस्त बनाएको धरधराको पुर्निर्माणको अन्यौल हटेको छ । धरहरा पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बोलपत्र आह्वान गरेपनि टेण्डरमा सहभागी कम्पनी नक्कली भएको भन्दै उजुरी परेपछि ठेक्का प्रक्रिया टुंगिन सकेका थिएन । प्राधिकरणले उजुरीको अनुसन्धानपछि ठेक्का प्रक्रियामा कुनै नक्कली कम्पनी नआएको निष्कर्ष निकाल्दै आईतबार ठेक्काको आर्थिक प्रस्ताव खोलेको छ ।


ADVERTISEMENT


आर्थिक प्रस्तावमा जिआइइटिसी–रमन सबैभन्दा कम रकम कबोल गर्ने कम्पनी रहेको छ । यो कम्पनीले ४ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको छ । अब धरहरा निर्माणको ठेक्का उसैले पाउनेछ । धरहरा पुनर्निर्माणका लागि ७ कम्पनीले आवेदन दिएकोमा आशिष कन्ट्रक्सन प्राविधिक मुल्याकंनबाटै बाहिरिएको थियो ।


ADVERTISEMENT

# # #


जिआइइटिसी–रमनबाहेक धरहरा पुनर्निर्माणका लागि सिआइसिओ–कालिका–रसुवा जेभीले ४ अर्ब ३९ करोड, जेडआइइसी–लामा जेभीले ४ अर्ब ५० करोड, सिआरफाइभसिइसी–स्वच्छन्द जेभीले ४ अर्ब ५२ करोड र कुमार सिएफइसीले ४ अर्ब ४९ करोडको प्रस्ताव गरेका थिए । प्राधिकरणका सहसचिव राजुमान मानन्धरका अनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने जीआईईटिसी–रमन जेभीको आर्थिक प्रस्तावको अध्ययन भइरहेको छ ।

मानन्धरले आशयपत्रका लािग सात दिने समय दिई त्यसको दुई हप्तामा सम्झौता हुने बताए । प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि बैशाख ३१ गते टेन्डर आह्वान गरेको थियो । यसअघि धरहरा पुनर्निर्माण गर्ने जिम्मा नेपाल टेलिकमले लिएको थियो । तर डिजाइन टुंग्याउन नसकेपछि प्राधिकरण आँफैले निर्माण गर्ने निर्णय गरेको थियो । अब बाहिरबाट हेर्दा ११ तलादेखिने गरी २२ तले धरहरा निर्माण हुनेछ । अहिले क्षतिग्रस्त भएको ठूटोलाई सिसाले घेरेर प्रदर्शनीमा राखिनेछ ।