बर्दिया– बर्दियाबाट माछा मार्न भारतको जलचर क्षेत्र पुगेका ४ जना नेपाली मध्ये एक जनाको मृत्यु भएको छ । त्यसैगरी एकजना घाईते भएका छन । अन्य दुईजना भने बेपत्ता भएका छन् ।


ADVERTISEMENT


स्थई घर बर्दियाको राजापुर नगरपालिका महुवाका ईन्द्रबहादुर चौधरीको भारतीय जंगलमा क्षतविक्षत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


केही दिन अघि माछा मार्न भारत गएका उनीहरु घर नफर्के पछि उनका परिवारहरुले खोजि गर्न आग्रह गर्दै १० गते ईलाका प्रहरी कार्यालय राजापुरमा निवेदन दिएका थिए । त्यसछि स्थानिय प्रहरीले भातिय प्रहरीसँग समन्वय गरी खोजि गर्न थालेको थियो ।

प्रहरीका अनुसार मृतक चौधरीको शव जनवारले खाएको अवस्थामा जङ्गलमा भेटिएको थियो । त्यस्तै अर्का उनका साथि गोपाल चन्द घाईते अवस्थामा जङ्गलमै फेला परेका छन् । सँगै जाने अन्य दुई जना बालकृष्ण थारु र वीरेन्द्र शाहको अवस्था अज्ञात रहेको प्रहरीले बताएको छ ।

मृतक चौधरीको शव भने पोष्टमार्टमपछि आफन्तको जिम्मा लगार्यएको छ । घाईतेको उद्धार गरीएको र अन्य अज्ञातहरुको खोजिकार्यलाइृ तीव्रता दिईरहेको इलाका प्रहरीकार्यलय राजापुरले जनाएको छ ।