काठमाडौं–श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना केहीबेरमा लुम्बिनी प्रस्थान गर्दै गर्ने भउका छन् । उनी गौतमबुद्ध विमानस्थल भैरहवा उत्रिएर गाडीमै लुम्बिनी जाने छन् ।


ADVERTISEMENT


राष्ट्रपति सिरिसेनालाई लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी, प्रदेश ५ का प्रमुख उमाकान्त झा र मुख्यमन्त्री शंकर पोखरेलले स्वागत गर्ने कार्यक्रम छ । उनले मायादेवी मन्दिरमा आफ्नो परम्परा अनुसार पूजा अर्चना गर्ने कार्यक्रम छ ।


ADVERTISEMENT

# # #


मायादेवी मन्दिर पछि लुम्बनीमै रहेको श्रीलंकाद्वारा निर्मित श्रीलंकन गुम्बामा जाने कार्यक्रम समेत रहेको छ । लुम्बिनी विकास कोषले सिरिसेनालाई लुम्बिनीको गुरुयोजना बारे जानकारी गराइने कार्यक्रम रहेको बताइएको छ ।