सिन्धुपाल्चोक– पछिल्लो समय सामाजिक सञ्जालमा दुधालु गोरुको भिडियो भाइरल बन्दै गएको छ । गोरुले दूध दिन्छ भन्ने सुन्दा पनि जोकसैलाई झुटो लाग्न सक्छ । तर सामाजिक सञ्जालमा भाइरल भएको भिडियो र गोरुले दूध दिने सत्य रहेको यसका किसनले नै बताएका छन् ।


ADVERTISEMENT


हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङले पालेको गोरुले दूध दिन थालेको हो । यसको भाइरल बन्दै गएको भिडियो पनि तामाङले पालेको गोरुको रहेको बताइएको छ ।


ADVERTISEMENT

# # #


तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दूध गाउँलेलाई प्रसाद बाँड्छन् । बिहान बेलुकी गरेर एक माना जति दिन्छ । पहिले कहीकतै नदेखेको नसुनेको यो घटनाले स्थानीय छक्क परेका छन्, अनि तामाङचाहिँ दङ्ग ।

गोरुले दूध दिन्छ भन्ने सुनेपछि तामाङको घरमा गोरु हेर्न आउनेको भिड लाग्न थालेको छ । सुरुमा तामाङ आफै पनि निकै चकित परेका थिए । उनका अनुसार गत जेठदेखि गोरुको अण्डकोषछेउको थुनबाट दूधको थोपा खस्न थाल्यो ।

उनले बिहान बेलुकै दुहुने गरेको बताए उनले भने, ‘गोरुको तन्तुबाट सेतो पदार्थ झर्न थालेपछि दूध हो कि भनेर दुहेको त हो रहेछ । तर थुनमध्ये दुईवटा बिहान बेलुकै दुहुने गरेको छु । सबैले भगवान् शिवजीको साढे नन्दी भनेर पूजा गर्न थालेका छन् ।’

यद्यपि गोरुले दुध दिनुको बैज्ञानिक कारण भने थाहा हुन सकेको छैन । यो अध्ययनको विषय हुन सक्छ ।

https://www.facebook.com/nabinkulung123/videos/325690974851151/