काठमाडौँ– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका (भीभीआइपीहरु) चार सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरू शुक्रबार स्वदेश फर्कदैछन् ।


ADVERTISEMENT


बिमस्टेक बैठकको समापन शुक्रबार दिउँसो २ बजे हुँदैछ । तर सम्मेलन समापन हुनुअघि बंगलादेश र थाइल्याण्डका प्रधानमन्त्री स्वदेश फर्कने भएका छन् ।


ADVERTISEMENT

# # #


बाँकी दुई देशका राष्ट्र तथा सरकार प्रमुख भने सम्मेलन समापन भएपछि मात्रै स्वदेश फर्कदैछन् । शुक्रबार स्वदेश फर्किनेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि म्यानमारका राष्ट्रपतिसमेत छन् । बिमस्टेकले पारित गर्न लागेको दस्तावेजमा हस्ताक्षर नगरी स्वदेश फर्किने कार्यकारी प्रमुख पनि परेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार हसिना शुक्रबार दिउँसो १ बजे फर्कने कार्यक्रम छ । त्यस्तै थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा शुक्रबार दिउँसो साढे १ बजे र म्यानमारका राष्ट्रपति साँझ ४ बजे स्वदेश फर्कदैछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने अपरान्ह ६ः२५ बजे फर्कदैछन् । मोदीले आजै प्रधानमन्त्री केपी ओलीसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ । छलफलपछि केही सम्झौतामा हस्ताक्षर गर्ने र दिउँसो पशुपतिनाथमा रहेको धर्मशाला प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा भाग लिन सबैभन्दा पहिले म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौ आएका थिए । बुधबार नेपाल आएका उनी शुक्रबार स्वदेश फर्किने छन् । मिन्टले लुम्बिनीको भ्रमण समेत यसअघि नै गरिसकेका छन् । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा पनि शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

यस्तै भुटानका कार्यकारी प्रमुख छिरिङ वाङचुक शुक्रबार लुम्बिनी गएर शनिबार फर्कने क्रार्यक्रम भने श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना शनिबार लुम्बिनी जाने र आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।