एजेन्सी– रोनाल्डो र सलाहलाई पछि पार्दै क्रोएसियाको राष्ट्रिय टोली कप्तान एवम् रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीच युरोपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
उनले उपाधि जित्ने क्रममा पूर्व सहकर्मी एवं युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो र लिभरपुल फरवार्ड मोहमद सलाहलाई पछाडी पारे ।
रियल म्याड्रिडलाई लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका मोड्रीच राष्ट्रिय टोलीबाट क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्याएका थिए ।
रूस विश्वकपमा व्यक्तिगत रुपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बल जितेका उनले ३ सय १३ मत पाएका थिए ।
रोनाल्डोलाई ९० मतले पछि पार्दै पहिलो पटक उपाधि जितेका हुन् । २२३ मत पाएका रोनाल्डो दोस्रो हुँदा १३४ मत पाएका सलाह तेस्रो भए ।
मतदानका लागि युरोप भरिका ८० क्लबका प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकार सबैले उत्कृष्ट तीन खेलाडी चुन्ने प्रावधान रहेको छ । पहिलो नम्बरमा छनोट हुनेले ५, दोस्रोले ३ र तेस्रोले १ अंक पाउने व्यवस्था छ ।
https://twitter.com/lukamodric10/status/1035311580374806528