पोखरा– अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपालले आज प्रदेश नं ४ का कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई अध्ययन सहज बनाउने उद्देश्यले सुविधायुक्त मोबाइल वितरण गरेको छ ।


ADVERTISEMENT


सबै प्रकारका अडियो तथा विद्युतीय पुस्तक पढ्न मिल्ने सफ्टवेयरसमेत समावेश भएको सामसुङ अन सेभेन प्रो मोबाइल संस्थाका अध्यक्ष वीरेन्द्रराज पोखरेलले वितरण गरेका थिए ।


ADVERTISEMENT

# # #


पृथ्वीनारायण क्याम्पसका १२ जना र अन्य दुई गरी १४ जना विद्यार्थीलाई वितरण गरिएको मोबाइल पाउनेमा १० जना छात्रा र चारजना छात्र रहेका छन् ।

संस्थाले मोबाइलसँगसँगै उनहरुले अध्ययन गर्न मिल्ने पुस्तकसमेत उपलब्ध गराएको छ ।