काभ्रे– काभ्रेको मण्डनदेउपुर नगरपालिका– १० नारिनखर्कमा अविरल वर्षापछि आएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुधबार विहान २ः१५ बजे स्थानीय हेमबहादुर तामाङको घरभन्दामाथिबाट आएको पहिरोमा पुरिएर तामाङको १८ महिनाका छोरा दिपक तामाङको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


पहिरोले तामाङको घर क्षति हुनुको साथै दुई वटा जस्ताको टहरा समेत बगाएको छ ।