एजेन्सी– लिभरपुलले टोरिनोमाथि प्रभावशाली जित निकालेको छ। प्रि–सिजन भ्रमणको सुखद अन्त्य गरेको इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब टोरिनोमाथि ३–१ को प्रभावशाली जित निकालेको हो । एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुललाई जिताउन रोबर्टो फिर्मिनो, जर्जिन्हो विज्नल्डम र ड्यानियल स्टुरिजले गोल गरे। टोरिनोका एन्द्रिया बेलोट्टीले एक गोल फर्काएका थिए ।


ADVERTISEMENT


खेलको २१ औं मिनेटमा फिर्मिनोको गोलबाट सुरूवाती अग्रता लिएको लिभरपुलले २४ औं मिनेटमा विज्नल्डमले गोल गरेपछि लिभरपुल २–० ले अगाडि रह्यो ।


ADVERTISEMENT

# # #


३१ औं मिनेटमा टोरिनोका एन्द्रिया बेलोट्टीले गोल गरे । यसै सिजन क्लबमा अनुबन्ध भएका ब्राजिली फाविन्होले पेनाल्टीमा गोल गर्न चुके पछि पहिलो हाफ लिभरपुल २–१ ले अघि रह्यो ।

खेलको ८७ औं मिनेटमा ड्यानियल स्टुरिजले गोल गरेपछि लिभरपुल ३–१ ले विजयी भयो । लिभरपुलले आइतबार वेस्टह्यामसँग खेल्दै प्रिमियर लिगको शुरुवात गर्नेछ ।