काठमाडौँ– सेवाग्राहीलाई उत्कृष्ट सेवा दिने उद्देश्यले यस एनआईसी एशिया क्यापिटल लिमिटेडले सन्ध्याकालीन काउण्टर संचालनमा ल्याएको छ ।


ADVERTISEMENT


सन्ध्याकालीन काउण्टर मार्फत सेवाग्राहीले दैनिक कार्यालय समय भन्दा अतिरिक्त समय सेवाप्राप्त गर्न सक्ने छन् । एनआईसी एशिया क्यापिटलको बबरमहल, काठमाण्डौस्थित कार्यालयमा आईतबारदेखि बिहीबारसम्म बिहान १० बजे देखि दिउसो ०३ बजेसम्म तथा संध्याकालिन काउण्टर दिउसो ४ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ ।


ADVERTISEMENT

# # #


यस्तै शुक्रवार बिहान १० बजेदेखि दिउसो १ बजेसम्म तथा संध्याकालिन काउण्टर दिउसो २ बजे देखि बेलुका ५ बजेसम्म सेवा प्रदान गर्नेगरी आइतबारलेदि उक्त सेवा सञ्चालनमा ल्याइएको हो ।

यस सेवा मार्फत हितग्राही खाता खोल्ने आवेदन फारम संकलन, शेयर प्रमाणपत्र तथा लाभांश वितरण, शेयर अभौतिकरण गर्ने, लगानी व्यवस्थापन तथा परामर्श सेवालगायतका सेवाहरुका साथै यस क्यापिटलबाट दैनिक रुपमा प्रदान गरिने अन्य सम्पूर्ण सेवाहरु उपलब्ध गराइनेछ ।

सेवाग्राहीहरुको व्यस्ततालाई मध्येनजर राख्दै यो सेवा सञ्चालनमा ल्याइएको क्पापिटलले जनाएको छ । यो सेवाले कामकाजी सेवाग्राहीहरु तथा व्यस्त समयमा सेवा लिन असुविधा हुने सेवाग्राहीहरुलाई विशेष उपयोगी हुने विश्वास गरिएको छ ।

गुणस्तरीय, किफायती र शिघ्रातिशिघ्र सेवा प्रदान गर्ने एनआईसी एशिया क्यापिटलको प्रतिबद्धतातको क्रममा यस सेवाले थप मजबूती प्रदान गर्नुका साथै सेवाग्राहीहरुसँग सामिप्यता बढाउन यस संध्याकालीन काउण्टरले महत्वपूुर्ण भूुमिका खेल्ने विश्वास लिइएको छ ।

हाल एनआईसी एशिया क्यापिटलले शेयर रजिष्ट्रार, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ता, लगानीव्यवस्थापन, परामर्श सेवा, म्युचुअल फण्ड लगायतका सेवाहरु प्रदान गदै आइरहेको छ ।