काठमाडौं– पूर्वदेखि पश्चिमसम्मै मध्यमखालको पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा पानी परेको छ । खोला तथा नदीहरुमा ठूलो बाढी आएको छ ।


ADVERTISEMENT


आइतबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मको रेकर्डअनुसार काठमाडौं उपत्यकामा २८ दशमलव ४ मिलिमिटर पानी परेको छ । पश्चिमको एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेकाले सतर्क हुनुपर्ने मौसमविदले बताएका छन् ।


ADVERTISEMENT

# # #


मौसमविद समीर श्रेष्ठका अनुसार मंगलबारबाट पूर्वमा र बुधबारबाट मात्र देशभर पानी पर्ने क्रम कम हुने उनले जानकारी दिए । तर, बदलीको अवस्था र हल्का पानी पर्ने क्रम जारी रहने उनले बताए ।

उडान अवतरण प्रभावित
वर्षाका कारण काठमाडौंबाट हुने उडान अवतरण पनि प्रभावित भयो । बिहान ६ बजेसम्म १५ सय मिटर मात्र भिजिबिलिटी भएकाले उडान अवतरण रोकिएको थियो । ‘अब बिस्तारै भिजिबिलिटी बढ्दै गएकाले उडान अवतरण सुरु हुनसक्छ,’ मौसमविद समीर श्रेष्ठले भने ।