काठमाडौं–जाजरकोटको सदरमुकाम खलंगा नजिक पहिरो जाँदा २ घर पुरिएका छन् । पहिरोमा परि ३ बालवालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको नाम भने खुल्न सकेको छैन । अबिरल वर्षाका कारण गएराति ठाँटीबजार नजिकै पहिरो गएको हो ।
घटनास्थलमा उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली खटिइएको छ । घटनाको थप विवरण आउन वाँकी छ ।