काठमाडौं–संंखुुवासभास्थित अरुण तेस्रो जलविद्युत परियोजनाको कार्यलय परिसरमा बम बिस्फोटमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु बिप्लव माओवादी सम्बद्ध कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


प्रदेश नम्बर एकको कार्यालय विराटनगरबाट खटिएको टोलीले परियोजनामा विष्फोट गराउने डिबी सिलवाललाई पक्राउ गरेको हो । यस्तै, इटहरी लगायतका स्थानमा बम बिष्फोटमा संलग्न भएको आरोपमा बिप्लव नेतृत्वको माओवादीका कोशी इञ्चार्ज पुष्प कोइरालालाई समेत प्रहरीले पक्राउ गरेका छ ।


ADVERTISEMENT

# # #


उनीहरुलाई इटहरीको हलगडा र तरहरा आसपासबाट पक्राउ गरिएको हो । यस्तै, सागर राई, छिरिङ शेर्पा र जनक निरौला पनि पक्राउ परेका छन् । उनीहरुलाई तरहरा, हलगडा, आईतबारे आसपासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिलवाल संंखुुवासभामा तीन वटा मुद्दाका फरार अभियुक्त हुन ।