काठमाडौं– नक्कली नोट छापेको आरोपमा पक्राउ परेका लुट फिल्मका निर्माता माधवराज वाग्ले पाटन उच्च अदालतको आदेशमा २५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।


ADVERTISEMENT


अदालतले वाग्लेसँगै पक्राउ परेका कला निर्देशक महेन्द्र बोगटीलाई ३ लाख र कला सहयोगी सुदीप घिसिङलाई १० लाख रुपैयाँ धरौटीमा छाडेको छ ।


ADVERTISEMENT

# # #


प्रहरी परिसर काठमाडौंले उनीहरुविरुद्ध नक्कली नोट छापेको अभियोगमा २ करोड ६३ लाख बिगो कायम गर्दै खोटा चलन मुद्दा दायर गरेको थियो । – आजको कान्तिपुरबाट